प्रधानन्यायाधीश नियुक्ति लम्बिएकोमा कामु प्रधानन्यायाधीश जोशी असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानन्यायाधीश नियुक्ति लम्बिएकोमा कामु प्रधानन्यायाधीश जोशी असन्तुष्ट

dipak raj joshi

काठमाडौं, १५ साउन । प्रधानन्यायधीश नियुक्ति प्रक्रियामा अन्योलता देखिएपछि कामु प्रधानन्याधीश दीपकराज जोशीले असन्तुष्टि जनाएका छन् ।

संसदीय सुनुवाई प्रक्रिया चलिरहेका बेला आफ्नो विषयमा अनाबश्यक विवादमा ल्याइएको भन्दै जोशीले असन्तुष्टि जनाएका छन् । सोमबार साँझ बिज्ञप्ती जारी गर्दै जोशीले संसदीय सुनुवाई प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको आशंका समेत गरेका छन् । जोशीको शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठेपछि त्यसविषयमा उनँले प्रष्टिकरण दिएका हुन् ।

जोशीको सचिवालयले जारी गरेको बिज्ञप्तीमा तत्कालिन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायधीश हुँदा होस् अथवा सर्वाेच्च अदालतको न्यायधीश हुँदा समेत प्रश्न नउठेको विषयमा हाल आएर भ्रम फैलाउनु स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको उल्लेख छ । जोशीले राजिनामा दिने तथा सरकारले राजिनामा दिन दबाब दिएको जस्ता विषय समेत भ्रामक भएकाले बिज्ञप्तीमा उल्लेख छ । सामान्यतया संसदीय सुनुवाईकै दिन प्रधानन्यायधीको अनुमोदन हुनेमा यसपटक संसदीय बिशेष सुनुवाई समितिको बैठक तीन पटक सरिसकेको छ ।

विगतमा विवादास्पद फैसला गरेको भन्दै नेकपाका सांसदहरु जोशीलाई प्रधानन्याधीशमा अनुमोदन नगर्ने पक्षमा उभिएका छन् । जसकारण प्रधानन्याधीश नियुक्ति अन्योलमा परेको छ । हालसम्म संसदीय समितिले प्रधानन्याधीशको नियुक्ति अनुमोदन नगरेको इतिहास छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);