न्यायाधीश जोशीले दिए पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यायाधीश जोशीले दिए पदबाट राजीनामा

deepak raj joshi

काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

जोशीले मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामार्फत राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरे पनि संसदीय सुनुवाइ बिशेष समितिले अस्वीकृत गरेको थियो । समितिमा उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । संसदीय समितिले प्रधानन्यायाधीसमा जोशीलाई अस्वीकृत गरेपछि उनी लामो समय घर बिदामा बसेका थिए ।

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भए पछि सर्वोच्च अदालत फर्किएका जोशीलाई कानुनमन्त्री भानुभक्त ढकालको मध्यस्थतामा उनलाई इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश राणा नियुक्त भएपछि जोशीको जिम्मेवारी खोसिएको थियो । तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदका सचिवले पदमुक्त गरेपछि जोशी सर्बाेच्चको कायम मुकायम प्रधानन्यायाधीश समेत बनेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);