कामु प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि १५ दिन विदामा बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कामु प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि १५ दिन विदामा बस्ने

dipak raj joshi

काठमाडौं, २० साउन । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि पन्ध्र दिनका लागि बिदामा बस्ने भएका छन् ।

आफू बिदामा बस्नेबारे जोशीले शनिबार राष्ट्रपति समक्ष जानकारी गराएका हुन् । शैक्षिक प्रमाणपत्र शंकास्पद र मुद्दा फैसला विवादास्पद भएको भन्दै संसदीय सुनुवाई विशेष समितिले उनलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो । समितिको निर्णयपछि नियमित काममा जाने, बिदामा बस्ने या राजीनामा दिने विकल्प रहेकोमा उनले मध्यमार्गी बाटो रोजेका हुन् । यसअघि उनले नियमित काममा जाने र पेशी तोक्ने प्रतिक्रिया दिएका थिए ।

तर राजीनामा नदिए महाअभियोग लगाउने सत्तारुढ नेकपाको तयारी रहेको बुझेपछि उनले बिदामा बस्ने निर्णय गरेका हुन् । बिदामा बस्ने निर्णय गर्नुअघि शनिबार विज्ञप्ति निकालेर उनले आफूलाई अन्याय भएको भन्दै शैक्षिक प्रमाणपत्रको स्वतन्त्र छानविन गर्न माग गरेका छन् । यसैबीच जोशी बिदामा बस्ने भएपछि न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चमा पेशी तोक्नेछन् । मिश्रले नै कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च र न्यायपरिषद्को नेतृत्व सम्हाल्न लागेका हुन् ।

जोशी बिदा बसेपछि मिश्र सबैभन्दा वरिष्ठ भएकाले संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बाटो पनि खुलेको छ । सर्वोच्चको सबैभन्दा वरिष्ठ न्यायाधीशलाई कामु प्रधानन्यायाधीश बनाउने परम्परा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);