कहिले बस्ला संवैधानिक इजलास ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कहिले बस्ला संवैधानिक इजलास ?

sarbochha adalat

काठमाडौं, ३ भदौ । संवैधानिक इजलास दुई हप्तादेखि बसेको छैन । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका कारण इजलास नबसेको जानकारी दिँदै सर्वोच्च अदालतका सह–प्रवक्ता नगेन्द्र कालाखेतीले नेपाल भने, ‘इजलास नियमित बसिरहेकै छ ।

जोशी श्रीमान् बिदामा बसेकाले बिदा बसेको दिनपछि संवैधानिक इजलास नबसेको हो ।’सर्वोच्चका अनुसार गत असारसम्म संवैधानिक इजलासमा १ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । संवैधानिक मुद्दा मामिला हेर्नका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको हो ।

प्रधानन्यायाधीश नियुक्ति प्रकरणकै कारण बैठक अन्योल भएको देखिएको छ । संविधानको धारा १३७ बमोजिम गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका अन्य ४ जना वरिष्ठ न्यायाधीश रहने गरी ५ सदस्यीय रहने व्यवस्था छ । हाल संवैधानिक इजलासको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले गरिरहेका छन् ।

जोशी भोलि(सोमबार)सम्मका लागि बिदामा बसेका छन् । जोशी बिदामा बसेपछि कायममुकायम प्रधानन्यायधीशको जिम्मेवारीमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र रहेका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);