'न्यायको बाटो छोडेर कुबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाइएको हो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘न्यायको बाटो छोडेर कुबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाइएको हो’

काठमाडौं, २७ पुस । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीले न्यायको बाटो छाडेकाले उनलाई संवैधानिक इजलासबाट हटाउनु परेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताएका छन् ।

बहालवाला वरिष्ठ न्यायाधीश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एशोसिएशनले प्रश्न उठाईरहेका बेला प्रधानन्यायाधीश जबराले न्यायको बाटो छोडेर कुबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको स्पष्टिकरण दिएका छन् ।

‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधीशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधीश जबराको भनाई छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ न्यायाधीश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको दीपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए ।

गत बिहीबार प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बंैठकले वरिष्ठ न्यायाधीश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो । त्यसप्रति नेपाल बार एशोसिएनको आपत्ति छ ।

कार्यक्रममा बोल्दै बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधीश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधीश जबरासँग माग गरे । उनले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधानन्यायाधीश जबरालाई पश्चातापबाहेक अरु केही नदिने बताए ।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एशोसिएशनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाए । उनले सर्वोच्च अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क गरे ।

मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);