संसदीय सुनुवाई विशेष समितिमा छलफल जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संसदीय सुनुवाई विशेष समितिमा छलफल जारी

काठमाडौं, ८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीविरुद्ध परेको उजुरीबारे उजुरीकर्ताहरुसँग विस्तृत छलफल गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले मंगलबार प्रधानन्यायाधीशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने ५ जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित विस्तृत छलफल गरेको हो । उजुरीकर्ताहरुसँग प्रमाणसहित विशेष छलफल गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानवीन गर्न भोलि (बुधबार) पनि समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य कर्णले उजुरीकर्ताहरुको प्रमाणको सत्यतथ्य छानवीन गरेपछि बिहीबार अपरान्ह १ बजे प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाई गर्ने कार्यसूचि तय गरिएको पनि जानकारी दिए ।

समितिको गत श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);