प्रधानन्यायाधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानन्यायाधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु

Cholendra jabara

काठमाडौं, १ पुष । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर राणाको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।  संसदीय सुनुवाई विशेष समितिको आईतबार बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश राणाविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो ।

गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले राणालाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधिशमा सिफारिस राणाविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रधानन्यायाधिशमा सिफारिस राणा विरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ । सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधिशमा सिफारिस राणासंग सुनुवाई हुने पनि बताए ।

समितिले राणाको सुनुवाई चित्त बुझे प्रधानन्यायाधिशमा उनको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);