संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेरको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेरको नाम सिफारिस

Cholendra jabara

काठमाडौं, २७ मंसिर । संवैधानिक परिषदले प्रधानन्यायाधिशमा चोलेन्द्रशमशेर राणालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधिश मध्येबाट जबराको नाम प्रधानन्यायाधिशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधिशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सर्वोच्च अदालतको दोस्रो वरियतामा रहनु भएका वरिष्ठ न्यायाधिश दिपकराज जोशीलाई यस अघि नै संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि तेस्रो वरियताका वरिष्ठ न्यायाधिश राणालाई प्रधानन्यायाधिशमा सिफारिस गरिएको हो ।

२०१४ साल मंसीर २८ गते काठमाडौंको जन्मनु भएका राणले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधिशको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदै छन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तीका लागि सिफारिस गरेका राणालाई संसदीय सुनुवाई विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);