सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दिपकराज जोशी सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दिपकराज जोशी सिफारिस

Deepak-Raj-Joshi

काठमाडौं जेठ २९ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दिपकराज जोशीलाई सिफारिस गरेको छ । संवैधानिक परिषदको मंगलबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको परिषद सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि वरिष्ठ न्यायाधीश जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधिशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीले अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी निर्वाह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);