काष्ठमण्डप पुन:निर्माणका लागि काठमाडौं महानगरको ५० लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काष्ठमण्डप पुन:निर्माणका लागि काठमाडौं महानगरको ५० लाख सहयोग

kasthamandap

काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक पूरातात्विक महत्वको काष्ठमण्डप पुन:निर्माणका लागि ५० लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार एक कार्यक्रमकाबीच काष्ठमण्डप पुन:निर्माण समितिलाई अनुदान सहायता स्वरुप ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । त्यसक्रममा उनले काष्ठमण्डप पुन:निर्माणको काममा कहिँकतै पनि अवरोध गर्न नहुनेतर्फ सचेत गराए ।

उनले २ वर्षभित्रै काष्ठमण्डप पुन:निर्माणको काम सम्पन्न गर्न पनि समितिको ध्यानाकर्षण गराए । समितिले राष्ट्रिय पुन:निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिकासँग आवश्यक परामर्श लिई पु पुन:निर्माणको कामलाई गति दिने मेयर शाक्यले विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाको गत जेठ २४ गते बसेको बैठकले काष्ठमण्डप पुन:निर्माणको लागि ५० लाख अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सो अनुदान सहायता काष्ठमण्डप पुन:निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।

ऐतिहासिक, पूरातात्विक महत्वको काष्ठमण्डपलाई पुरानै स्वरुप, शैली र संरचना अनुसार निर्माण गर्ने समझदारी गरिएको छ । समितिले काठमाडौं महानगरपालिकासँग भएको सहमति अनुसार काष्ठमण्डपको पुन:निर्माण कार्य ३ वर्ष भित्रै सम्पन्न गर्नु पर्नेछ ।

समितिले काष्ठमण्डपको पुन:निर्माणका लागि आर्थिक उपसमिति, विज्ञहरु र सल्लाहकारसमेत रहेको विभिन्न उपसमिति गठन गरी आफ्नो कामलाई यस अघि नै अगाडि बढाइसकेको छ । स्थानीयको सहभागितामा पुननिर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुन:निर्माण तोकिएको समय अघि नै सम्पन्न गर्ने समितिको प्रतिवद्धता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);