काष्ठमण्डपको पूनर्निर्माण पश्चात चार विनायक र गुरु गोरखनाथको दर्शन गर्न सकिने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काष्ठमण्डपको पूनर्निर्माण पश्चात चार विनायक र गुरु गोरखनाथको दर्शन गर्न सकिने (भिडियोसहित)

काठमाडौं, ३० माघ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको काष्ठमण्डपको पूनर्निर्माण तिव्र गतिमा अघि बढिरहेको छ । हालसम्म ८० प्रतिशत कार्य सकिएको निर्माणाधिन सम्पदाको फ्रेम स्कट्रक्चर तेस्रो तल्लासम्म सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं प्रदेश सांसद राजेश शाक्यले बताउनु भयो ।

यसैगरि सम्पदा निर्माणमा कोविडको मापदण्ड अनुरुप सूरक्षा निति अपनाएर कार्य अघि बढिरहेको हुँदा नेपाल सरकारले तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाको भनाइ छ । उत्साहजनका रुपमा पूरानै शैलिमा निर्माण भइरहेको सो सम्पदाको पुरानै शीलीमा निर्माण गर्न सरकारको नीति फितलो रहेको समितिका अध्यक्ष शाक्यको भनाइ छ । उहाँले त्यसका बाबजुदपनि सोही अनुरुप कार्य अघि बढिरहेको जनाउनु भयो ।

काठमाडौं नगरपालिकाको समन्वयमा निर्माण भएको सम्पदा पूनः निर्माणको लागि हालसम्म नगरपालिकाबाट दश करोड पचास लाख प्राप्त भइसकेको समितिका अध्यक्ष शाक्यले बताउनु भयो । काष्ठमण्डपको पूर्न निर्माणको लागि सम्र्पूण काठ सालको नै रहेको र आवश्यक काठ लगायत सरसामानहरु पूननिर्माणका लागि आवश्यक प्रकृया अपनाई विभिन्न ठाउँबाट ल्याइएको बताइएको छ ।

उक्त सम्पदामा पून निर्माण पश्चात चार विनायक चन्द्रविनायक, सूर्यविनायक जलविनायक र अशोक विनायक र गुरु गोरखनाथको दर्शन गर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);