काष्ठमण्डपकाे पुन:निर्माणको काम अाैपचारिक रूपबाट सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काष्ठमण्डपकाे पुन:निर्माणको काम अाैपचारिक रूपबाट सुरू

kasthamandap

काष्ठमण्डप पुननिर्माणका लागि थाम गाडियो

काठमाडौं, २७ माघ । ७२ सालको भुकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुननिर्माणको मुख्य काम आइतबारबाट सुरु भएको छ । वि.स २०७२ वैशाख १२ को महाभुकम्पले पूर्णरुपमा ढलेको हनुमान ढोका दरवार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम ठड्याइए पछि मुख्य काम थालिएको हो ।

जेठ ३१ गतेबाट औपचारिक रुपमा पुनःनिर्माणको काम थालिएको करिव आठ महिनापछि मात्र पुन निर्माण समितिले काष्ठमण्डपको चारवटा थाम राखेपछि पुनःनिर्माणले मुर्त रुप लिएको हो ।

महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य तथा वसन्तपुरबासीले थाम र निनाको विशेष पुजा–आजा गरि ठड्याइएको छ । काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माणको काम भइरहेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनःनिर्माण पुरानै ढाँचामा तीन तला हुने पुननिर्माण समितिले बताएको छ ।

भुकम्प गएको लामो समयसम्म काष्ठमण्डप कस्तो बनाउने कस्ले बनाउने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जनस्तरबाटै गर्न लागिएको छ । पुनःनिर्माणको लागि समितिको महानगरपालिकासँग सम्झौता भएसँगै गत कार्तिक २२ गते काष्ठमण्डपको शिलान्याश गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);