काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा

kasthamandap

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भैरहेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।

अहिले सम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए । लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिए ।

सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौल रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराइका जिल्लाबाट गोलाकाठ ल्याई हेटौंडामा चिरान गरेर काठमाडौं ल्याउने गरेको छ । काष्ठमण्डप पुनर्निर्माण प्रयोग भैरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);