भूकम्पले ढलेको काष्ठमाण्डपको पुनर्निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

भूकम्पले ढलेको काष्ठमाण्डपको पुनर्निर्माण सुरु

काठमाडौं, ३१ वैशाख । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरु भएको छ । स्थानीय जनताको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सुरु गरिएको हो । सोमबार विहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमा पुजा गरेपछि यसको पुनर्निर्माणको कामले औपचारिकता पाएको हो ।

त्यस अवसरमा मन्त्री अधिकारीले स्थानीय स्तरबाट बन्ने भएकाले काष्ठमण्डपको पुनर्निर्माण सबैभन्दा राम्रो हुने विश्वास समेत व्यक्त गरे । उनले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनु अघि नै काठमाडौंका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि अघि सारे ।

काठमाडौं महानगरपालिकाको निगरानीमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयलाई दिइएको छ । यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउनस्थानीय समितिहरुको समेत निर्माण गरिएको छ ।

३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माणका लागि करिव १९ करोड लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले काष्ठमण्डप पूरानै शैलीमा बन्ने विश्वास व्यक्त गरे ।

सरकारले धराहर पुनर्निर्माणका लागि पनि सोमबार बोलपत्र आह्वान गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले धराहरा पुननिर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको हो ।

त्यसैगरी रानीपोखरी पुनर्निर्माणको काम यही जेष्ठ १५ गतेबाट सुरु गर्ने तयारी गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामलाई सरकारले अव तीव्र गतिमा अघि बढाउन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);