भारतीय सांसद आजादको अभिव्यक्तिप्रति सरकारको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ३१ बैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभामा बैठकमा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो सम्बन्धमा भारत सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्नेक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरित भएको भन्दै आईन्दा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको स्पष्ट पारे । उनले संघीय सरकारले मात्र परराष्ट्र सम्बन्धलाई हेर्ने काम गर्छ भन्ने हेक्का राख्न मुख्यमन्त्री राउतलाई सचेत गराए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार राष्ट्रहितसँग सम्बन्धित विषयलाई कार्यान्वयनमा लैजान भारत सरकारसँग आवश्यक पहल गर्न प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);