एमालेद्वारा भाजपाका सांसद आजादको अभिव्यक्तिप्रति आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेद्वारा भाजपाका सांसद आजादको अभिव्यक्तिप्रति आपत्ति

UML

एजेन्सी , ३० बैशाख । नेकपा एमालेले भारतको सत्तारुढ दल भाजपाका सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतबार विज्ञप्ती जारी गर्दै एमाले बैदेशिक मामिला विभागले जनकपुर भारतमा फर्काउनुपर्छ भनी भाजपाका सांसद आजादले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

सम्बन्ध सुधारको प्रयत्न भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय रहेको एमालेको भनाइ छ । एमालेले जारी गरेको विज्ञप्तीमा मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिएको उल्लेख छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन एमालेले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला भाजपा सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);