'बजेटमार्फत जनताको विकासको आशालाई सम्बोधन गर्न सुझाव' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘बजेटमार्फत जनताको विकासको आशालाई सम्बोधन गर्न सुझाव’

samghiya samsadh

रामेश्वर सापकोटा
काठमाडौं, ३० बैशाख
। सांसदहरुको आगामी आर्थिक बर्षको बजेटमा आर्थिक समृद्धिको योजनालाई ब्यवहारिक रुपमा प्रस्तुत गर्न सरकारकालाई सुझाव दिएका छन् । आर्थिक बर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरुले बजेटमार्फत जनताको विकासको आशालाई सम्बोधन गर्न सुझाव दिएका हुन् ।

आगामी आर्थिक बर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा धारणा राख्ने अधिकांश सांसदले बजेटको प्रभावकारी कार्यान्वयन तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिएका छन् । वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको भन्दै सांसदहरुले जनताको आशालाई साकार पार्न पर्यटन, कृषि, ऊर्जा, जडीबुटी र जंगलमा विशेष लगानी गर्न सरकारलाई सुझाव दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाए भने प्रतिपक्षी दलका सांसदले आलोचना गरे । छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिए । आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्नेखालको बजेट जरुरी रहेको उनको भनाइ छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका सांसद जनार्दन शर्माले नेताले भाषण मात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान चलाउनुपर्ने बताए । ठूला कार्यक्रमलाई जोड दिएर यथेष्ट बजेट उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दाबी गरे । त्यस्तै सांसद प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए ।

अन्य सांसदहरुले पनि बजेट ल्याउने तथा कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य गर्दै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिएका थिए ।
काठमाडौं ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);