बजेटको सिद्धान्त र प्राथमिकतामाथि सांसदका मिश्रित प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बजेटको सिद्धान्त र प्राथमिकतामाथि सांसदका मिश्रित प्रतिक्रिया

काठमाडौं, २७ वैशाख । सरकारले संसदमा प्रस्तुत गरेको आगामि आर्थिक बर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद भीम रावलले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बजेट केन्द्रित हुने विश्वास व्यक्त गरे ।

गरिवी निवारण, आर्थिक विकास र उत्पादन मूलक क्षेत्रमा लगानी बढाउने गरी विनियोजन विधेयक ल्याइएको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले साना आयोजनालाई बजेट विनियोजन नगर्ने गल्ती नगर्न सरकारलाई सुझाव दिए । उनले समावेशी राजनीतिको बाटोबाट अघि बढ्ने गरी बजेट बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सरकारले ल्याएको विनियोजन विधेयक सकारात्मक भएपनि त्यसले राजनीतिक वातावरण बनाउन नचाहेको रिजालको टिप्पणी छ ।

नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले सरकारले ल्याएको विनियोजन विधेयक सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले विनियोजन विधेयकले गरिव जनतालाई माथि उठाउने कार्यक्रम भने तय गर्न नसकेको टिप्पणी गरे ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा बजेटले विशेष जोड दिनुपर्ने उनको भनाइ छ । सांसद सापकोटाले साना आयोजना सञ्चालनका लागि स्थानीय तहलाई कसरी व्यवस्थित बनाउने भन्ने विषय बजेटले सम्बोधन गर्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले कृषिमा आधारित उद्योग स्थापनामा जोड दिनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले सरकारले ल्याएको विनियोजन विधेयकले पुरानै आर्थिक प्रणालीलाई बढावा दिन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले संघीयताको मर्म विनियोजन विधेयकले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);