सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक

janaki temple

जनकपुरधाम, २७ वैशाख । जनकपुरस्थित जानकी मन्दिरमा आज अपरान्हदेखि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो । मोदी दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार जनकपुर आउने कार्यक्रम छ ।

विहान १०ः१५ बजे हेलिकोप्टरबाट जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी १०ः३० बजे पुजाका लागि जानकी मन्दिरमा उपस्थित हुने कार्यक्रम रहेका कारण सुरक्षाको कारण जनाउँदै सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो ।

दुई नम्बर प्रदेश सरकारले सूचना जारी गर्दै सुरक्षाको कारण मोदीको भ्रमण नसकिएसम्मका लागि मन्दिर प्रवेशमा रोक लगाइएको बताएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज सुरक्षा निकायका प्रदेश प्रमुखलाई बोलाइ मोदीको भ्रमणका क्रममा कुनै किसिमका अप्रिय घटना हुन नदिन निर्देशन दिएका छन् । मोदी शुक्रबार २ घण्टा जनकपुरमा रहने तालिका छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);