बाह्रबिघा मैदानमा भारतीय हेलिकोप्टर अवतरण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाह्रबिघा मैदानमा भारतीय हेलिकोप्टर अवतरण

indian helicopter

जनकपुरधाम, २० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ ।

राजदूत पुरी नेतृत्वको टोलीले मोदीको अभिनन्दनस्थल बाह्रबिघा मैदान पनि अवलोकन गरेको छ । टोलीले प्रदेश २ का मुख्यमन्त्री, जनकपुर उपमहानगरपालिका मेयर तथा सुरक्षा अधिकारीसँग भ्रमण तयारीको जानकारी लिएको छ । टोलीले नेपाली पक्षलाई मञ्च व्यवस्थापनदेखि सुरक्षाको विषयमा सुझाबसमेत दिएको छ । राजदूत पुरी नेतृत्व टोलीले जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई पनि भेटेको छ । भ्रमणका क्रममा मोदीले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतीय हेलिकोप्टर अवतरणको पूर्वाभ्यास
भारतीय इन्डियन फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ । जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् । भ्रमणका वेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।

मोदी गाडीमै जानकी मन्दिर जाने
मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);