मोदीको सुरक्षाको कारण देखाउँदै सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक लगाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जनकपुर, २७ बैशाख । जनकपुरस्थित जानकी मन्दिरमा आज अपरान्ह १२ बजेदेखि सर्वसाधारणको प्रवेशमा रोक लगार्इँदै छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउन लागिएको हो । मोदी दुई दिने नेपाल भ्रमणका लागि भोलि जनकपुर आउने कार्यक्रम छ । विहान ९ः१५ बजे हेलिकोप्टरबाट जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी ९ः३० बजे पुजाका लागि जानकी मन्दिरमा उपस्थित हुने कार्यक्रम रहेका कारण सुरक्षाको कारण जनाउँदै सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउन लागिएको हो ।

दुई नम्बर प्रदेश सरकारले सूचना जारी गर्दै सुरक्षाको कारण मोदीको भ्रमण नसकिएसम्मका लागि मन्दिर प्रवेशमा रोक लगाउन लागिएको बताएको छ । मोदीको आसन्न भ्रमणका कारण जानकी मन्दिर आसपासको क्षेत्र रंगरोगन र सरसफाइ गरेर चिटिक्क पारिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज सुरक्षा निकायका प्रदेश प्रमुखलाई बोलाइ मोदीको भ्रमणका क्रममा कुनै किसिमका अप्रिय घटना हुन नदिन निर्देशन दिएका छन् । मोदी भोलि सवा चार घण्टा जनकपुरमा रहने तालिका छ । त्यस अवधिमा मोदी जनकपुर उपमहानगरपालिकाले विहान १०ः१५ बजे बाह्रबिघा मैदानमा गर्ने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

नागरिक अभिनन्दन समारोहमा सम्बोधन गरेर मोदी अपरान्ह १ः३० बजे हेलिकोप्टरबाट काठमाडौं आउने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);