मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

मोदी विहारको राजधानी पटनाबाट भारतीय वायुसेनाको विशेष हेलिकोप्टरमा बिहान सवा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम छ । मोदी विहान १० बजेर ३० मिनेटमा जानकी मन्दिरमा आइपुग्नु हुनेछ । जानकी मन्दिरमा आउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई जनकपुर चुरोट कारखाना अगाडि स्वागत गर्नेछन् ।

स्वागतपछि मोदीले मन्दिरमा विशेष पूजा गर्नेछन् । मोदीले षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्ने तय भएको मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । यसअघि भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई षोडसोपचार विधिबाट पूजा गराइएको थियो । षोडसोपचार विधिमा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ र सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिन्छ ।

पूजाअर्चनाका बेला एकसय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । विशेष पूजापछि प्रधानमन्त्री ओली र मोदीले रामायण सर्किटको संयुक्तरुपमा उदघाटन गर्ने कार्यक्रम छ । त्यसपछि मोदीलाई ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा अभिनन्दनको कार्यक्रम छ । अभिनन्दनका क्रममा मोदीलाई १ सय २१ किलोको फूलको माला पहिराएर कलात्मक साँचो हस्तान्तरण गरिने छ । मोदीको भ्रमणका कारण आज प्रदेश नं. २ मा सार्वजनिक बिदा दिइएको छ ।

मोदीको सुरक्षाका लागि जनकपुरमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् भने विहानैदेखि दुई वटा हेलिकोप्टरबाट गस्ती गर्ने काम भइरहेको छ । मोदी जनकपुरमा दुई घण्टा विताएर आजै काठमाडौं आउने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);