जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी

narendra modi

काठमाडौं, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाख २८ गते राजकीय भ्रमणमा आउने भएपछि प्रदेश २ को सरकारले तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री मोदी धनुषाको जनकपुर पनि जाने भएपछि प्रदेश सरकारले तयारी सुरु गरेको हो । प्रदेश सरकारले जनकपुरधामको सरसफाई, मञ्च व्यवस्थापन, सुरक्षा लगायतका विषयमा तयारी सुरु गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाख २८ गते २ दिने राजकीय भ्रमणमा आउने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीको भ्रमण भारतले प्रस्ताव गरेअनुसारकै मितिमा अनुमोदन गरेपछि भ्रमण पक्का भएको हो ।

नेपाल भ्रमणका क्रममा मोदी धनुषाको जनकपुरमा जाने भएपछि प्रदेश २ को सरकारले तयारी सुरु गरेको हो । जनकपुरधामको सरसफाई, मञ्च व्यवस्थापन, सुरक्षा, नागरिक अभिनन्दन लगायतका विषयमा तयारी गर्न प्रदेश सरकारले १३ वटा समिति तथा उपसमिति बनाएको छ । जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

उनलाई रंगभूमि मैदान १२ बिघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दनमा प्रदेश दुईको आठ वटै जिल्लाका नागरिकलाई सहभागि गराउने तयारी छ । प्रधानमन्त्री मोदीको सुरक्षाको लागि प्रदेश सरकार ५ लेयरको सुुरक्षा व्यवस्था बनाउने भएको छ । उनको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धानका अधिकारी लगायतका गरी ५ वटा सुरक्षा घेरा रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);