घरघरमा कलश राखेर मोदीलाई 'भव्य स्वागत' गर्न प्रदेश सरकारको अपील | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घरघरमा कलश राखेर मोदीलाई ‘भव्य स्वागत’ गर्न प्रदेश सरकारको अपील

modi

काठमाडौं, २५ वैशाख । प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनका क्रममा भव्य स्वागत गर्न स्थानीय सर्वसाधाणलाई अपिल गरेको छ।

प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी भारतीय प्रधानमन्त्री मोदीको जनकपुर आगमन हुँदा भव्य रुपमा स्वागत गर्न स्थानीय र सर्वसाधारणलाई अपिल गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको शुक्रबार जनकपुरबाट सुरु हुने राजकीय भ्रमणको आवश्यक तयारी गर्ने जिम्मेवारी सरकारले प्रदेश २ को सरकारलाई दिएको छ ।

मोदीलाई २८ गते जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय गरिएको छ । मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न स्थानीयसँग आग्रह गरे ।

मोदीको आगमनको क्रममा आफ्नो घर अगाडि सरसफाई गर्न र फूलमालाले सजाएर पानी भरिएको कलश राख्न पनि स्थानीय नगरबासीलाई अपिल गरिएको मुख्यमन्त्री राउतले जानकारी दिए ।

त्यस अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक विदा समेत दिने भएको छ । साथै नागरिक अभिनन्दनमा ५ लाख मानिस उतार्ने प्रदेश सरकारको तयारी छ । भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका लागि प्रदेश २ का ८ वटै जिल्लाबाट बसमा जनता ल्याउन प्रदेश सरकारले सबै स्थानीय तहलाई निर्देशन समेत दिएको छ । मोदीलाई स्वागत गर्न बनाइएको व्यानरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि तस्बिर राख्न प्रदेश सरकारले सबैलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री राउतले प्रचार सामग्री हिन्दी भाषामा नभई मैथिली भाषामा बनाउन पनि आग्रह गरे । आगामी शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको जनकपुरबाट नेपालको राजकीय भ्रमण सुरु हुनेछ । प्रधानमन्त्री ओलीले मोदीलाई जनकपुरमा स्वागत गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);