प्रदेश–२ का मुख्यमन्त्री राउतको अभिव्यक्ति देशभक्तिपूर्ण : यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रदेश–२ का मुख्यमन्त्री राउतको अभिव्यक्ति देशभक्तिपूर्ण : यादव

काठमाडौं, ३१ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको बचाउ गरेका छन् ।

सोमबार चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको क्रममा प्रदेश–२ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्ति देशभक्तिपूर्ण भएको बताएका छन् ।

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई देश, विदेशका बौद्धिक जगतले समेत यथार्थको चित्रण भनि टिप्पणी गरेको यादवको दाबी छ ।

अध्यक्ष यादवले मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीलाई नभई मुलुकको यथार्थ चित्रण गर्न सो अभिव्यक्ति दिएको तर्क गरेका छन् ।

अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन नसकेर प्रधानमन्त्री केपी ओलीले मुलुककै अपमान गरेको आरोप लगाए ।

उनले नेपाली सेनासहितका सुरक्षा निकायको मनोबल गिराउने गरी सरकारले मोदीको सुरक्षामा भारतीय सुरक्षा फौज परिचालन गरेको भन्दै आपत्ति जनाए । अध्यक्ष यादवले मोदीलाई स्वागत गर्न केन्द्र सरकारले मन्त्री पठाउनु पनि सकारात्मक नभएको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);