मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेश-२ का सांसदबीच चर्काचर्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेश-२ का सांसदबीच चर्काचर्की

जनकपुरधाम, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिलाई लिएर प्रदेश २ का सांसदहरुबीच चर्काचर्की भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका सांसदहरुले मुख्यमन्त्री राउतको बचाउ गरेपनि एमाले र कांग्रेसका सांसदले विरोध गरेका छन् ।

बैठकमा राजपाका सांसद परमेश्वर साहले मुख्यमन्त्री राउतले अभिव्यक्ति दिएर साहसको काम गरेको बताए । उनले देशको राजनीतिक सहमति भारतीय भूमीमा गर्न हुने आफ्नै भूमिमा आफ्नो पीडा राख्न किन नहुने भन्दै प्रश्न गरे ।

बैठकमा कांग्रेस एमाले र माओवादीका सांसदले देशको आन्तरिक मामिला विदेशीसँग राख्नु कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् । यसैबीच बैठकमा नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली प्रस्तुत गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);