निकट भविष्यमै पार्टी एकता : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निकट भविष्यमै पार्टी एकता : प्रम ओली

पार्टी एकता हुन नदिनेहरुलाई सहने क्षमता वृद्धि गर्न मात्रै दुई पार्टीबीचको एकतामा ढिलाई-

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता निकट भविष्यमै हुने बताएका छन् । प्रधानमन्त्री ओलीले २ दिनको मिति राखेर पार्टी एकता हुने पनि स्पष्ट पारे । उनले दुई पार्टीबीच फाटो आएको भनेर खेल्ने, बोल्नेहरुलाई पनि जवाफ दिने गरी तत्काल पार्टी एकता गर्न लागिएको बताए ।

मंगलबार युवा संघ, नेपालको २८ औैं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि भोली हुने वालुवाटार वार्तामा आउन पनि संचारकर्मीहरुलाई आग्रह गरे ।

उनले पार्टी एकता हुन नदिनेहरुलाई सहने क्षमता वृद्धि गर्न मात्रै दुई पार्टीबीचको एकतामा ढिलाई गरिएको बताए । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर आफूलाई विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त गरेको आरोप लगाए ।

उनले आफूले संविधान संशोधन गर्न नसकेको भनेर माफी नमागेको पनि स्पष्ट पारे । भारतीय प्रधानमन्त्री मोदीसँग ओलीले घुँडामा घाउ हुने गरी लम्पसार परेको भन्ने काँग्रेस युवा नेता गगन थापाको भनाईप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले आफूले संविधान संशोधन गर्न नसकेको भनेर माफी नमागेको स्पष्टिकरण दिए ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको हितमा केन्द्रित रहेर दृढताका साथ आफ्ना कुराहरु राखेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सरकारले सामाजिक न्यायसहितको मुलुकको समृद्धि हुने गरी बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

उनले सरकारको नीति, कार्यक्रम र बजेट मुलुकलाई समृद्ध बनाउने अभियानलाई तीव्रता दिने गरी आउने बताए । प्रधानमन्त्री ओलीले सरकारले ५ वर्ष भित्र जनताको आधारभूत समस्या समाधान गर्ने दावी गरे ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र कालाबजारी अन्त्यका लागि सरकारले चालेको कदममा साथ दिन पनि युवाहरुलाई आह्वान गरे । उनले आफू देश र जनताको हितमा समर्पित भएर शासन गर्ने कुरा दोहो¥याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);