दुई अध्यक्षबीचको एकतामा विभिन्न शक्तिले फाटो ल्याउन खोज्दैछन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दुई अध्यक्षबीचको एकतामा विभिन्न शक्तिले फाटो ल्याउन खोज्दैछन् : प्रधानमन्त्री ओली

kp oli- nekapa

काठमाडौं, १ पुष । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न शक्तिले दुई अध्यक्षबीच फाटो ल्याउने कोशिस गरिरहेका दाबी गरेका छन् । आइतबार पार्टी कार्यालय धुम्बराहीमा आयोजीत तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका कानून ब्यवसायीहरुको संगठन एकिकरण कार्यक्रममा ओलीले दुई अधयक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने बताए ।

देशलाई समृद्ध बनाउन गरिएको पार्टी एकता कसैले पनि तोड्न नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच हुने अपुगलाई पूर्णता दिन पार्टीका कानुन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले मुलुकलाई एकतावद्ध बनाउने अभियानमा पार्टीका सबै नेता, कार्यकर्ताहरुको उत्तिकै प्रयास आवश्यक रहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);