नेकपा सचिवालय बैठक : ओली पाँच वर्ष नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेकपा सचिवालय बैठक : ओली पाँच वर्ष नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी संचालन गर्ने कार्यकारी अधिकार भने अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । दुई अध्यक्षबीचको आपसी परामर्शमा पार्टी र सरकार संचालन गर्ने निर्णय पनि पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओली र दाहालको वरियताक्रम भने यथावत रहनेछ । बैठक दुवै अध्यक्षको संयुक्त अध्यक्षतामा संचालन हुनेछ । तर पार्टी संचालन गर्ने कार्यकारी अधिकार भने दाहाललाई दिइएको पनि उहाँले बताउनु भयो ।

अध्यक्ष दाहालले यस अघि पार्टी संचालनको कार्यकारी अधिकार भने आफूलाई दिन प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष ओलीसँग आग्रह गर्नु भएको थियो । बैठकमा मन्त्रीपरिषद पुनर्गठनका विषयमा छलफल भएपनि त्यसबारे प्रवक्ता श्रेष्ठले खुलाउनु भएन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);