प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अध्यक्ष दाहालले गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अध्यक्ष दाहालले गर्ने

prachanda

काठमाडौं, ५ भदौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठकको संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुनेभएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष दाहाललाई दिएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ओली ८/१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष दाहालको नेतृत्वमा सचिवालय बैठक बस्ने तथा आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहँदै आएको थियो । सहमति पछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्नुहुने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);