राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

bidhya devi - jai shankar

काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर विच भेट वार्ता भएको छ । जयशंकरले आज बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति संग भेट गर्नु भएको हो ।

उहाँ नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुग्नु भएको हो । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आउनु भएको थियो । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);