सकिएन कर्मचारी समायोजनको सकस | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सकिएन कर्मचारी समायोजनको सकस

nijamati karmachari

काठमाडौं, ५ भदौ । समायोजन सम्पन्न भएको लामो समयसम्म पनि कर्मचारी व्यवस्थापनको काम सम्पन्न हुन सकेको छैन । स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारी सोही तहमा गएपनि हाजिर नगरि फिर्ता पठाएसँगै समायोनामा नै समस्या देखिएको हो । सरकारले समायोजन सम्पन्न गरेर कार्यक्षेत्रमा जान निर्देशन दिएको लामो समय भईसकेको छ । तर, समयोजनपछि कार्यक्षेत्रमा पुगेका सयौँ कर्मचारी फिर्ता भएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ती तहबाट फिर्ता भएका १ सय २५ कर्मचारीहरु मन्त्रालयमा हाजिरी हुने गरेका छन । मन्त्रालयका सहसचिव रुद्रसिँह तामाङका अनुसार ती कर्मचारीहरुलाई विभागीय मन्त्रालयमा व्यवस्थापन गरिएको छ । ‘हालसम्म १ सय २० जनालाई सम्बन्धित मन्त्रालयमा व्यवस्थापन गरेका छौँ । यो तत्कालिन समाधान हो । उहाँहरुलाई समायोजन भएकै स्थानमा नै पठाउने प्रयासमा छौँ ।’ उनले भने । उनीहरुलाई समायोजन भएको तहमा नै पठाउनका लागि सम्बन्धित तहहरुसँग छलफल जारी रहेको तामाङको भनाई छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);