जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने नेकपा अध्यक्षद्धयको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने नेकपा अध्यक्षद्धयको प्रतिबद्धता

nekapa-oli-dahal

काठमाडौं, ५ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै साना वामपन्थी शक्तिलाई पनि एकताका लागि दुई अध्यक्षले आह्वान गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा निरीक्षणपछि आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले साना दललाई एकतामा आउन आह्वान गरे । उनले अस्तित्व नरहने चिन्ताले मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान दिने अवसर नगुमाउन सुझाव पनि दिए । एकतामा आउनेलाई सम्मानजनक स्थान दिइने उनको भनाइ थियो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकता समृद्ध नेपाल निर्माणका लागि भएको दाबी गरे । त्यसका लागि एकीकृत पार्टीलाई प्रभावकारी ढंगले संचालन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष दाहालले पनि एकता स्वार्थका लागि नभएर मुलुकको आर्थिक विकास र नेपाली जनता चाहाना पूरा गर्नका लागि भएकाले कम्युनिष्ट साना दललाई एकतामा आउन प्रस्ताव गरे । कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु उपस्थित थिए ।

पार्टी कार्यालयलाई व्यवस्थापन गर्ने तयारीका क्रममा अध्यक्षद्धय ओली र दाहालले पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालयको पनि अवलोकन गरे । त्यस क्रममा तत्कालीन माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको स्वागत गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय तयारी पनि सुरु गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड राखेर एकीकृत पार्टीको कार्यालय व्यवस्थापनको काम सुरु गरिएको हो । दुई प्रमुख पार्टी एउटै छातामा बसेपछि सरकारले लिएको समृद्धि अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);