कम्युनिष्ट पार्टीहरुलाई वाम गठबन्धनमा समावेश हुन प्रचण्डको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कम्युनिष्ट पार्टीहरुलाई वाम गठबन्धनमा समावेश हुन प्रचण्डको आग्रह

Prachanda

काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छरिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई वाम गठबन्धनमा समावेश हुन आग्रह गरेका छन् । पार्टी कार्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले समृद्ध नेपाल निर्माणका लागि वाम शक्तिहरु एक हुनुपर्ने बेला आएको भन्दै एकताका लागि आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले डाक्टर बाबुराम भट्टराईलाई यस अघि गरेका सबै गल्ती सच्याउँदै पार्टीमा र्फकन आग्रहसमेत गरे ।  अध्यक्ष दाहालले पार्टीमा नफर्के भट्टराईले स्वर्गमा बास नपाउने टिप्पणी गरे । अध्यक्ष दाहालले वैद्य, विप्लव लगायतका कम्युनिष्ट समुहलाई पनि पार्टी एकता प्रक्रियामा समावेश हुन आग्रह गरेका छन् ।

कार्यक्रममा लक्ष्मण गुरुङ्ग, मिन बहादुर सुनार, इन्द्रप्रसाद गुरुङ्ग लगायत नयाँ शक्ति नेपालका १९ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);