एमालेसँग पार्टी एकता गर्ने निर्णय गलत भए त्यसको जिम्मा आफूले लिने अध्यक्ष दाहालको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २१ असोज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनमा जाने निर्णय गलत भए पार्टीका तर्फबाट त्यसको जिम्मा आफूले लिने प्रष्ट पारेका छन् ।

राष्ट्रिय सभागृहमा शनिबार आयोजित पार्टी केन्द्रीय राजनीति प्रशिक्षण कार्यक्रममा दाहालले निर्णय गलत साबित भए त्यसको जिम्मा आफूले लिने बताएको नेता वर्षमान पुनले जानकारी दिए । यसअघि पार्टी पोलिटव्युरो बैठकमा प्रदेश इन्चार्जहरूले नेतृत्वको आलोचना गरेका थिए । एमालेसँग अहिले गठबन्धनमात्र भएको र पार्टी एकीकरण गर्ने विषयमा अझै गहन छलफल गर्ने बाटो खुला रहेको दाहालको भनाइ थियो ।

एमालेसँगको एकतामा सम्भावना चुनौती दुवै भएकाले त्यसका लागि तयार रहनुपर्ने उनको भनाइ थियो । दाहालले माओवादी आन्दोलनले समाजवादको गति पैदा गर्न नसकेकाले एमालेसँग मिलेर अघि बढ्नुपरेको स्पष्ट पनि पारे । दाहालले गठबन्धन संविधान कार्यान्वयनका लागि नै भएकाले यसबाट नआत्तिन कांगेसलाई आग्रह समेत गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);