एमालेसँग प्रतिवाद गरेर अघि बढन कार्यकर्तालाई माओवादी अध्यक्षः दाहालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

एमालेसँग प्रतिवाद गरेर अघि बढन कार्यकर्तालाई माओवादी अध्यक्षः दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन गरेका छन् ।

अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले अवको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको सन्देश जनतामा पु¥याउन नेता, कार्यकर्तालाई निर्देशन गरेका छन् ।

अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क गरेका छन् । उनले केपी ओली एक्लै केही नभएको बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिएका छन् ।

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहो¥याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);