‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आयो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आयो : प्रचण्ड

prachanda-1

काठमाडौं, १५ साउन । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसामु गम्भीर चुनौती आएको स्विकार गरेका छन् ।

अध्यक्ष दाहालले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाएर क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा औंल्याउँदै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारमाथि चौतर्फी घेराबन्दी सुरु गर्ने काम प्रतिक्रान्तिकारीहरुले गरिरहेको दावी गर्दै त्यसलाई प्रतिवाद गरेर जान ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको बताए ।

अध्यक्ष दाहालले क्रान्तिको उपलब्धि विरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराए । पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न सरकारलाई सुझाव दिए । अध्यक्ष दाहालले कर्मचारीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने आश्वासन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);