विपद व्यवस्थापनमा ७ हजार ७ सय सशस्त्र प्रहरी परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विपद व्यवस्थापनमा ७ हजार ७ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं, १५ साउन । सशस्त्र प्रहरीले ३ महिनायता विपद व्यवस्थापनका लागि ७ हजार ७ सय १९ जना जनशक्ति परिचालन गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बलले हाल करिव ३ हजार जनशक्तिलाई तत्काल देशभर परिचालन गर्ने व्यवस्था गरिएको गरिएको स्पष्ट पारेको छ । देशका विभिन्न भागमा वर्षासँगै बाढि, पहिरो र डुबानको समस्या बढ्दै गईरहेका बेला सशस्त्र प्रहरीले करिव ३ हजार जनशक्तिलाई तत्काल देशभर परिचालन गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सशस्त्र प्रहरीका बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले देशका विभिन्न भागमा रहेका व्यारेकमा गरी ३ हजार जनशक्ति कुनै पनि बेला परिचालन हुने व्यवस्था गरिएको बताए ।

उनले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रदान गर्न दैनिक रुपमा करिव ९ हजारको जनशक्ति परिचालन गरिएको बताए । सशस्त्र प्रहरी बलले आपतविपदमा उद्दार कार्यका लागि बनाइएको टोलीलाई चौविसै घण्टा मूल सडकमै तैनाथ गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बलले यसै महिनाबाट सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५ स्विकृत भई लागू गरिएको पनि जानकारी गराइएको छ ।

प्रवक्ता पाण्डेले सेवा प्रवाह र सुशासन कायम राख्न सशस्त्र प्रहरी बेलको उचित व्यवस्था गरिएको पनि स्पष्ट पारे । सशस्त्र प्रहरीले सिधै सम्पर्क गर्न हटलाईन सेवा ४२८७३४७ को पनि व्यवस्था गरेको छ ।

सशस्त्र प्रहरीले हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्या वृद्धि गरी ७ प्रदेश र उपत्यकामा गरी ८ वटा बाहिनी रहने व्यवस्था पनि गरेको छ । त्यसैगरी सरुवा प्रणालीको नीति बनाई सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्ने व्यवस्था पनि गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);