सरकारले संविधानको मर्म र भावना मिच्ने काम गरेको गच्छदारकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले संविधानको मर्म र भावना मिच्ने काम गरेको गच्छदारकाे आरोप

bijaya kumar gacha dar

विराटनगर, १५ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावना मिच्ने काम गरिरहेको आरोप लगाएका छन् ।

काँग्रेस नेता गच्छदारले प्रतिनिधिसभामा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरे । संविधान विपरित एउटै दलको सभामुख र उपसभामुख हुँदा सरकारले हटाउन नचाहेको गच्छदारको आरोप छ ।

मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले सरकारले स्वतन्त्र न्यायपालिकामाथि पनि हस्तक्षेप गरिरहेको आरोप लगाए ।

काँग्रेस नेता गच्छदारले प्रशासनिक अंगहरुलाई पनि सरकारले आफूप्रति बफादार बनाउने चेष्टा गरिरहेको दावी गर्दै आपत्ति जनाए । उनले दुई तिहाई बहुमत प्राप्त सरकारले दम्भ देखाईरहेकाले सच्याउन आफ्नो पार्टीले आन्दोलन गर्नु परेको तर्क गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);