नेपाली कामदार मलेसिया जान अझै केही समय लाग्छ : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाली कामदार मलेसिया जान अझै केही समय लाग्छ : मन्त्री विष्ट

विराटनगर, १५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई ठगिन नदिन सरकारले तत्कालका लागि मलेशिया रोजगारीमा जान रोक लगाउनु परेको स्पष्ट पारेका छन् ।

मन्त्री विष्टले नेपाली कामदारलाई ठगिन नदिन मलेशिया सरकार गम्भिर भएको उल्लेख गर्दै द्विपक्षीय सहमति गरी नेपाली श्रमिकलाई मलेशिया जान खुला गर्ने योजना रहेको बताए ।

उनले मंगलबार विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ नेपाली कामदारलाई मलेशिया जाने व्यवस्था गर्न केही समय लाग्ने जानकारी दिए ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा देखिएको सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री विष्टले सरकार नेपालमै रोजगारीको अवसर सृजना गर्न लागि परेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);