रोजगारी सृजना गर्न सरकारले विशेष ध्यान दिन्छ : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

रोजगारी सृजना गर्न सरकारले विशेष ध्यान दिन्छ : मन्त्री विष्ट

gokarna bista

काठमाडौं, २७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न सरकारले विशेष ध्यान दिने बताएका छन् ।

मन्त्री विष्टले नेपाली युवाहरुको श्रम, सीपलाई नेपाल भित्रै सदुपयोग गर्न दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट सहयोग लिने योजना पनि अघि सारिएको बताए । मंगलबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो सानो जनसंख्या भएको देशमा रोजगारीको अवसर सृजना गर्न कठिनाई नहुने स्पष्ट पारे ।

मन्त्री विष्टले वैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले आवश्यक तयारी गरिरहेको बताए । उनले अधिकतम रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको पनि बताए ।

ताजा समाचार