रोजगारीको अवसर सृजना गर्ने काम उच्च प्राथमिकतामा : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

रोजगारीको अवसर सृजना गर्ने काम उच्च प्राथमिकतामा : मन्त्री विष्ट

gokarna bista

काठमाडौं, १७ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

मन्त्री विष्टले मुलुकलाई समृद्ध बनाउने काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिवद्ध भएर लागि परेको दावी गरे ।

सोमबार काठमाडौंमा आयोजित ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारीको अवसर सृजना गर्न ढिलाई गर्न नहुने बताए ।

मन्त्री विष्टले नेपाली श्रम, सीपलाई स्वदेशमै उपयोग गरेर ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानलाई साकार बनाउन सरकारले चाहिरहेको स्पष्ट पारे । मन्त्री विष्टले सुचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रसस्त रोजगारीको अवसर सृजना गर्न सकिने धारणा राखे ।

ताजा समाचार