लाखौं युवालाई रोजगारीको अवसर सृजना गर्ने श्रममन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

लाखौं युवालाई रोजगारीको अवसर सृजना गर्ने श्रममन्त्रीको दावी

gokarna bista

काठमाडौं, १४ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चालू आर्थिक वर्ष भित्रै लाखौं युवालाई रोजगारीको अवसर सृजना गर्ने दावी गरेका छन् ।

मन्त्री विष्टले लाखौं युवाहरुलाई रोजगारीको अवसर सृजना हुनेगरी छिट्टै विशेष योजना सार्वजनिक गर्ने घोषणा पनि गरे । मन्त्री विष्टले शिक्षित युवाहरुलाई रोजगारीको अवसर दिने नीतिगत निर्णयबारे थप व्याख्या भने गरेनन् ।

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई युवाहरुको साझा कार्यक्रमको रुपमा स्थापित गराउने पनि स्पष्ट पारे । राजनीतिक पूर्वाग्रहबाट मुक्त राखेर सो कार्यक्रमलाई सबै युवाहरुको साझा गौरवको कार्यक्रमको रुपमा स्थापित गराउने मन्त्री विष्टको योजना रहेको छ ।

सरकारले ५ वर्ष भित्र ५ लाख युवाहरुलाई रोजगारी दिने लक्ष्य लिएको छ । सोही योजनालाई प्रभावकारी बनाएर सबै युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री विष्टले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);