यस्तो छ प्रहरीको चाडवाड केन्द्रित विशेष सुरक्षा योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यस्तो छ प्रहरीको चाडवाड केन्द्रित विशेष सुरक्षा योजना

police in festive season

नरेन्द्र खनाल
काठमाडौं, १४ असोज
। चाडवाड नजिकिंदै गर्दा सर्वसाधारणदेखि आमनागरिकमा अहिले सुरक्षा व्यवस्थाप्रति चासो बढेको छ । जताततै हिंसाको घटना बढेको भनी समाचार प्रकाशन र प्रसारण हुन थालेपछि नागरिकमा सुरक्षाप्रति चासो बढेको हो । नागरिकको चासोलाई ध्यानमा राख्दै नेपाल प्रहरीले आसन्न चाडवाडलाई केन्द्रित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पछिल्लो समय महिला हिंसाको घटना बढेकोले आउंदो चाडवाडको समयमा सुरक्षा व्यवस्था कस्तो होला भनी आम नागरिकमा प्रश्न उठी रहेको छ । बजार किनमेलमा जांदा होस या घरबाट केही टाढा जांदा आफु सुरक्षित छु कि छैन भनी सोच्नु र चिन्ता गर्नु स्वभाविक हो । आमनागरिकले यसरी आफ्नो सुरक्षाप्रति चासो बढाइरहंदा सरकारले चाडवाड केन्द्रित विशेष सुरक्षा योजना अघि सारेको छ । नेपाल प्रहरीले उपत्यकाको सुरक्षालाई विशेष ध्यान दिएको भन्दै ढुक्क भएर चाडवाड मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रहरी कार्यालयका अनुसार उपत्यकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष चोरी, डकैति, गुन्डागर्दिका घटनामा कमी आएको छ । प्रहरीले अपराधिक क्रियाकलापमा संलग्न भनिएका ठुला डनहरुलाई नै सफाया अभियान चलाएपछि उपत्यकामा अपराधिक क्रियाकलापमा कमी आएको हो । प्रहरीले सुरक्षा व्यवस्थालाई कडाई गर्दै लगेपछि अपराधिक क्रियाकलाप नियन्त्रणमा आउंदा सर्वसाधारणलाई राहात मिल्दै आएको छ ।

आमनागरिकलाई सरक्षा व्यवस्थाप्रति थप ढुक्क पार्न चाडवाडलाई केन्द्रित गरी नेपाल प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडवालाई केन्द्रित गरी प्रहरीले संवेदनशील क्षेत्रको पहिचान गरी गस्ती प्रहरी परिचालन र थप प्रहरीको व्यवस्था मिलाएको छ ।

देशका विभिन्न भागमा हत्या, हिंसा र बलात्कारका घटनाले उग्ररुप लिएको वर्तमान अवस्थामा अपराध नियन्त्रणका लागि प्रहरी संगठन र सरकार गंभीर हुन जरुरी छ । जहां नागरिकको सुरक्षा हुन्छ त्यहाँ सरकारको सफलता जोडिएको हुन्छ । सुरक्षा व्यवस्था केन्द्रमा मात्र होइन, जिल्लामा, प्रदेशमा, स्थानी तहमा सबै ठाउंमा हुनुपर्छ । चाडवालाई रमाइलो बनाउन र मनाउन प्रहरी संगठन चुस्त सुरक्षा नीति लिएर अगाडी बड्नु पर्ने पूर्व ए आइ जी जयबहादुर चन्दको सुझाव छ ।

पछिल्लो समय नेपालमा विभिन्न अपराधिक क्रियाकलाप बढेकोमा सर्वत्र चिन्ता बढिरहंदा काठमाडौंमा भने गत बर्षको तुलनामा यस वर्ष अपराधिक घटनाहरु घटेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार उपत्यकामा चोरी, डकैंती तथा ठगिका घटनामा कमी आएको छ । अबान्छित क्रियाकलापममा संलग्नहरुलाई तत्काल समाती कार्वाही चलाउने प्रहरीको रणनीति छ । चाडवाडलाई थप सुरक्षित बनाउन प्रहरीले मादक पदार्थको सेवन र विक्री वितरणलाई पनि निगरानीमा राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);