चाडपर्वका लागि देशभर ४३ हजार प्रहरी परिचालित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

चाडपर्वका लागि देशभर ४३ हजार प्रहरी परिचालित

police

पुष्पा पोखरेल

काठमाडौं, १४ असोज । दशैंको चहलपहल अहिले दिनदिनै बढ्दैछ । यो चहलपहलसंगै काम विशेषले काठमाडौं वा अन्यत्र घर बाहिर रहेकाहरु अहिले धमाधम घर फर्कन थालेका छन् । यसरी चाडवाडको लागि आवतजावत बढेपछि नेपाल प्रहरीले दशैं केन्द्रित विशेष सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । चाडवाडका लागि करीव ४३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दशैं तथा तिहारलाई नेपालीहरूको प्रमुख चाड मानिन्छ । चाडवाड नजिकिएसंगै सुरक्षा व्यवस्था पनि कडा बन्दै गएको छ । अन्य समयको तुलनामा चाडबाडको समयमा दुर्घटना बढि हुने गरेको विगतका घटनाले देखाएको छ । चाडवाडमा कुनै अप्रिय घटना नहोस भनेर नेपाल प्रहरीले देशभर ४३ हजार सुरक्षाकर्मि परिचालन गरेको छ ।

गत बर्षको तथ्याङकलाइ हेर्ने हो भने दिनमा ३७ वटा गाडि दुर्घटना र ९ जनाको मृत्यु भएको छ । यस वषको दुर्घटना कम होस भनेर नेपाल प्रहरीले मापासे चेकिङदेखि लिएर सादा पोसाकमा समेत प्रहरी परिचालन गर्ने योजना गरेको छ । त्यस्तै सडक दुर्घटना रोक्नको लागि गाडि चालकहरुलाई तालिम समेत दिने भएको छ ।

दशैंमा ठुलाबडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद लिन आवतजावत बढी नै हुने गर्छ । बजारमा किनमेल पनि बढी नै हुन्छ । मिठो खाना खाने र रमाइलो जमघट गर्ने पनि गरिन्छ । विशेष उत्साहकासाथ यसरी मनाइने चाडवाड दुर्घटनारहीत र हिंसारहीत बनाउन सरकारले सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

दुर्घटनालाई न्यूनिकरण गर्न मापासे चेकिङलाई कडाइ गरिनेछ । यसका लागि ट्राफिक प्रहरीले उपत्यकाका ४ सय भन्दा बढि ठाउँमा विशेस चेकिङको व्यवस्था गरेको छ । सडक सभ्यता हाम्रो चाहाना सुरक्षित यात्राको लागि सबैलाई सुभकामना भन्ने मुल नारा सहित उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।

आफनो सुरक्षा पहिले त व्यक्ति आफैले अपनाउनु पर्छ । चाडवाडका नाममा अनाआवश्यक तडकभडक देखाउने तथा अरुको देखासिकि गर्ने प्रवृत्तिले दुर्घटना बढदै गएका छन् । चाडवाडको समयमा आफनो घर तथा परिवारसंग बसेर रमाइलो गर्ने तथा अनाआवश्यक रुपमा मादक पदार्थ सेवन नगरे दुर्घटनाबाट बच्न सकिन्छ ।

चाडवाडका नाममा अनावश्यक तडकभडक तथा विकृतिलाई पश्रय दिईदा दुर्घटना निम्तिने गर्दछ । चाडवाड केन्द्रित विशेष सुरक्षा कार्यक्रम अन्तर्गत शहर भित्रका टोलटोलमा प्रहरीको नियमित गस्ती २४ सै घण्टा हुनेछ । बसपार्क तथा सर्वसाधारणको बढी चहलपहल हुने क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन हुनेछ । बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष राखिएको छ भने लामो तथा छोटो दुरीमा चल्ने बसहरुमा पनि सादा पोशाकमा प्रहरी परिचालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);