बाढी पहिरोमा मृत्यु हुनेको संख्या ३७ नाघ्यो (कुन जिल्लामा कति सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ३७ नाघ्यो (कुन जिल्लामा कति सूची सहित)

badi

काठमाडौं, २९ असार । बिहीबार रातिबाट शुक्रबार राति अबेरसम्म परेको अविरल वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ३७ नाघेको छ भने २८ जना बेपत्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयको शनिबार रातिसम्मको प्रारम्भिक तथ्यांकअनुसार अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी देशभर ३७ जनाको निधन भएको हो । यस्तै, देशभर २८ जना बेपत्ता भएको र २६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी ललितपुर र भोजपुरमा ५/५ जना, काठमाडौं, खोटाङ, काभ्रे र धादिङमा ३/३ जना, मकवानपुर, झापा र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, डोल्पा र चितवनमा १÷१ जना गरी ३७ जनाको निधन भएको हो ।

बाढी पहिरोमा परी डोल्पामा १० जना, सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी २८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

२८ जना बेपत्ता, २ हजार बढीको उद्धार
१० हजार ३८५ घरधुरी विस्थापित

यसैगरी, बाढी पहिरोमा परेका २ हजार बढीलाई उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, १० हजार ३ सय ८२ घरधुरी अस्थायी रूपमा विस्थापित भएको र उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो । नेपाल प्रहरीले मात्रै प्रभावित स्थानमा २७ हजार ८ सय ३० जना प्रहरी कर्मचारी परिचालन गरिएको जनाएको छ ।

कहाँ कतिको मृत्यु ?

ललितपुर : ५ जना
भोजपुर : ५ 
काठमाडौं : ३ 
खोटाङ : ३
झापा : ३
काभ्रेमा : ३
मकवानपुर : २

धादिङ : ३
सिन्धुलीमा : २
ओखलढुंगा : १ 
पर्सा : १ 
रामेछाप : १ 
इलाम : १ 
सुनसरी : १ 
बारा : १
डोल्पा : १
चितवन : १

मृतकका परिवारलाई किरिया खर्च तत्काल १ लाख

रकारको केन्द्रीय विपद् व्यवस्थापन समितिले बाढी तथा पहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई तत्काल १ लाख रुपैयाँ किरिया खर्चबापत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

समितिका अध्यक्ष गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा शनिबार बसेको समितिको बैठकले किरिया खर्चबापत तत्काल मृतकका परिवारलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, सामान्य रूपमा घर भत्किएकालाई मर्मत स्वरूप १० हजार तथा पूर्ण रूपमा घर भत्केर विस्थापित भएका परिवारलाई २० हजार तत्काल उपलब्ध गराउने बैठकले निर्णय गरेको हो ।

यसैगरी, प्रभावित स्थानमा तदारुकताका साथ उद्धारको कार्यलाई अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ । आवश्यक स्थानमा उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, अवरुद्ध राजमार्ग तत्काल खुलाउन तथा प्रभावित स्थानमा खानेपानी र खाद्यान्नको व्यवस्थापनमा चुस्तताका साथ परिचालन हुन सुरक्षा निकायसहित स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

बाढी र पहिरोबाट उत्पन्न समस्या समाधान गर्दै दैनिक जीवनयापन सहज बनाउन थप क्रियाशील हुन बैठकले स्थानीय तहलाई निर्देशनसमेत दिएको हो ।

प्रभावित स्थानमा रोगव्याधी फैलन नदिन तत्कालै स्वास्थ्यकर्मी परिचालनका साथै क्षति रहेका सडक, पोललगायत भौतिक संरचना तत्काल निर्माण गरी सञ्चालनमा ल्याउने तथा घर, कार्यालयलगायत अन्य संरचना निर्माणका लागि योजना बनाएर अघि बढ्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राहतको कामलाई थप प्रभावकारी बनाउन विपद्सम्बन्धी गतिशील स्थायी संरचना आवश्यक भएको भन्दै क्षतिबारे एकद्वार प्रणालीबाट जानकारी दिने व्यवस्था मिलाउन समेत आग्रह गरे । यस्तै, एकद्वार प्रणालीमार्फत नै राहत वितरणको व्यवस्था मिलाउन लागिएको समेत उनले बैठकमा जानकारी गराएका छन् ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारी सहभागी थिए ।

४५ हजार सुरक्षाकर्मी उद्धारमा

अविरल वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावितहरूको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित झन्डै ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढी तथा पहिरो पछि आएको विकराल अवस्थाको बेला आमसर्वसाधारणको जीउधनको क्षति बढ्न सक्ने भन्दै सबै सुरक्षा निकायले आफू मातहतका सुरक्षाकर्मीलाई हाइ अलर्टका साथ परिचालन गरिएको हो ।

नेपाल प्रहरीले देशभर गरी २७ हजार ८ सय ३० जना प्रहरी कर्मचारी उद्धारका लागि परिचालन गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले बाढी र पहिरोले आफ्नो बाससमेत गुमाएका प्रहरीहरू जनताको जीउधन र बासको सुरक्षा तथा व्यवस्थापनमा खटिएको जनाएको छ ।

यसैगरी, १० हजारको संख्यामा सशस्त्र प्रहरी बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरूमा खटिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीको टोली स्रोतसाधनसहित परिचालन भएको छ । हालसम्म सशस्त्र प्रहरीले बाढी र पहिरोबाट अलपत्र परेका ८०० जनाको रेस्क्यु गरेको र सशस्त्र प्रहरीले अवरुद्ध भएको राजमार्गहरू खुलाउने प्रयास पनि गरिरहेको डीआईजी श्रेष्ठले जानकारी दिए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपाली सेनाले समेत ८ हजार बढी सेना परिचालन गरेको बताए । यस्तै, उद्धार कार्यमा नेपाली सेनाका तीन वटा हेलिकोप्टरसमेत परिचालन गरेको उनले जानकारी दिए । ती हेलिकोप्टर सुर्खेत, इटहरी र काठमाडौंबाट प्रभावित क्षेत्रमा पठाइएको उनले जनाए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);