काठमाडाैं उपत्यका नै बाढीकाे जाेखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडाैं उपत्यका नै बाढीकाे जाेखिममा

badhi bhaktapur

काठमाडौं, २९ असार । नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।

गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयसमेत डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी यस वर्ष पनि जतिबेला पनि सहरमा पस्ने खतरा उस्तै छ । ललितपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विज्ञहरूले दाबी गरेका छन् । विपद्विद् मधुकर उपाध्याय खोलाखोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको बताउँछन् । ‘हामी आफैंले खोला खोल्सा अतिक्रमण गरेका छौं, पानी बग्ने मार्ग नै सानो बनाएका छौं त्यसैले यस्तो समस्या आयो,’ उनले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);