किन भयो काठमाडौँ उपत्यका डुबान ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किन भयो काठमाडौँ उपत्यका डुबान ?

floodinbkt

फूलमाया आले

काठमाडौं, २८ असार । वर्षातको तुलनामा निकास नहुँदा बिहिबार भक्तपुर जलमग्न भयो । हनुमन्ते खोलाको बाढी बस्तीमा पसेपछि भक्तपुरको जनजीवन अस्तव्यस्त भयो । सवारी आवागमनसमेत ठप्प भए । भक्तपुर डुबानमा पर्नुमा अब्यवस्थित शहरीकरण र अवैज्ञानिक रुपमा निर्माण गरिएका संरचना नै मुख्य कारण भएको विज्ञहरुको दाबी छ ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको जगाती र बाराही क्षेत्रका वस्ती डुबानमा पर्‍यो । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती, नयाँ ठिमीको हनुमन्ते आसपासका क्षेत्र जलमग्न भए । भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म डुबान भएको छ । जमिनबाट ४ फिट माथिसम्म पानी जमेपछि जनजीवन अस्तव्यस्त भयो ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परे । जानकारहरुका अनुसार विक्रम संवत २०५१ सालपछि बाढीको विकराल रुप देखियो । भक्तपुर डुबानमा पर्नुमा अव्यवस्थित शहरीकरण र अवैज्ञानीक रुपमा निर्माण गरिएका संरचना नै मुख्य कारण भएको विज्ञहरुको भनाइ छ ।

भौगोलिक रुपमा नेपाल डुबानको जोखिमा विश्वमै ३० औं स्थानमा पर्छ । तर पनि डुबानबाट हुने क्षति न्युनिकरणका लागि कुनै पहल भएको पाईंदैन । उपत्यका विकास प्राधिकरणले ठूला नदीको किनारामा २०÷२० मिटर ठाँउ छाडेर मात्र भौतिक संरचना निर्माण गर्न भनिएपनि कानुन विपरित संरचना निर्माण गर्दा बस्ती डुबानमा परेको जनाएको छ ।

उपत्यकाको शंखमुल क्षेत्र, चोभारदेखि माथिको क्षेत्र, विष्णुमती किनारको क्षेत्र, गोंगबु, सामाखुसी, हनुमन्ते खोला नजिकको क्षेत्र, लोकन्थली, नरेफाट, लगायतका क्षेत्रहरु डुबानको उच्च जोखिमा रहेकाले स्थानीय तहले समयमा नै ध्यानदिनुपर्ने प्राधिकरणको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);