चितवनमा बाघको आक्रमणबाट दुईजना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चितवनमा बाघको आक्रमणबाट दुईजना घाइते

bagh ko akraman

चितवन, २८ असार । चितवनको पदमपुरमा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । खगेरी खोली नजिकै बाघले आक्रमण गर्दा कालिका २ बस्ने रविन्द्र श्रेष्ठ घाइते भएका हुन । दाहिने तिघ्रामा चोट लागेका श्रेष्ठकाे भरतपुर स्थित सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ ।

यसअघि बिहिबार खगेरी खोलामा माछामार्ने क्रममा बाघको आक्रमणवाट रत्ननगर १२ बस्ने बुद्धिवहादुर गुरुङ घाइते भएका थिए । उनको भरतपुरमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख सुशिल सिंह राठोरले जानकारी दिए।

त्यस्तै बाघले पदमपुरवाट भरतपुरतर्फ जादै लागेको ना ५० प १९५५ नम्बरको मोटरसाईकललाई पनि आक्रमण गरेको छ । मोटरसाईकलमा सवार दुईजनाले भने भागेर ज्यान जोगाएका छन् ।

tiger attack

bagh ko akraman

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);