बाघको आक्रमणबाट 'केटो'को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवन, १५ कार्तिक । पश्चिम चितवनको मेघौलीबाट बाघको आक्रमणबाट उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो) को मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। आक्रमणको कारण उक्त गैँडाको बच्चाले आफ्नो ज्यान पनि धान्न नसक्ने भएको थियो।

बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि तीन दिनअघि गैँडाको उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो ।

शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो । पिठ्यूँमा गम्भीर चोटसमेत थियो जसका कारण उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);